आइतबार, जेठ ५, २०८२

माओवादीले पनि गर्‍यो भारतसँग भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह

नेकपा (माओवादी केन्द्र) ले भारतलाई नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेको छ।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले भारतलाई नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेको छ। माओवादी केन्द्रका नेता एवम् अन्तरराष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले शुक्रबार विज्ञप्तिमार्फत हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक बिस्तार गर्ने घोषणा गरेको भन्दै त्यसको विरोध गरेका हुन्।

माओवादीले भारतलाई पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न पनि आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘हामी भारतीय पक्षलाई सबैको र नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवम् अतिक्रमण नगर्न जोडदार माग गर्दछौं।’

त्यसबारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै नेता श्रेष्ठले भनेका छन्, ‘नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणको बिरोध जनाओस् र यो कार्य बन्द गराउन शीघ्रातिशीघ्र कूटनीतिक पहल गरोस्।’ यसअघि नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले पनि लिपुलेकमा सडक विस्तारप्रति आपत्ति जनाउँदै कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्ने धारणा अघि सारेका थिए।


प्रकाशित: Jan 14, 2022| 21:29 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्