आइतबार, साउन ५, २०८२

थप ५०८७ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या १८ हजार २३५

पछिल्लो २४ घण्टामा नेपालमा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस अवधिमा ३०६ जना कोरोना मुक्त भएका छन् भने तीन जनाको निधन भएको छ। आज सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा २० हजार ५६० नमुना परीक्षण गरिएको थियो।  नेपालमा पछिल्लो यो साता कोरोना संक्रमण दर तीव्र रुपमा बढेको छ। बिहीबार ३५५३ जनामा कोरोना संक्रमण भएको थियो भने बुधबार यो संख्या ३०७५ थियो।
यस्तै मंगलबार २४४४ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांक छ। सोमबार १४४६ जना संक्रमित भएका थिए। यस्तै आइतबार ११६७ जनामा कोरोना संक्रमित थपिएका थिए।

प्रकाशित: Jan 14, 2022| 16:24 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्