सोमबार, साउन ६, २०८२

वीरका ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

वीर अस्पतालका ३० जनाभन्दा बढी स्वास्थ्य कर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं- वीर अस्पतालका ३० जनाभन्दा बढी स्वास्थ्य कर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतले वीरका ३० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको बताएका छन्।

उनले दुई दिन यता मात्रै वीरमा ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएको बताएका हुन्। विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएको उनले बताएका छन्।

उनले स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गएसँगै जनशक्तिको अभावले सेवा प्रभावित हुने अवस्था सिर्जना भएको बताएका छन्। 'अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण हुने दर बढ्दो छ। कुनै-कुनै सेवाका लागि निश्चित डाक्टरहरू मात्रै छन्। उनीहरू नै संक्रमित हुँदा समस्या भएको छ। कोरोना बढेसँगै मिर्गौला, दमलगायत दीर्घ रोगीहरू बढी मारमा पर्ने देखिन्छ,' उनी भन्छन्।

बिहीबार मात्रै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पनि ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको थियो ।

प्रकाशित: Jan 14, 2022| 12:25 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्