कञ्चनपुर- कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गइरहेको छ। कोरोना संक्रमितमा अधिकांश भारतबाट फर्कने रहेका छन्।
स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा १०५ र अन्य गरी जम्मा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० र पिसीआर परीक्षणबाट आठ जनामा कोरोनाको संक्रमण देखिएको हो।
भीमदत्त नगरपालिकाका १२, दोधोरा चाँदनी नगरपालिकाका दुई, बेदकोट नगरपालिकाका दुई, बेलौरी नगरपालिकाका एक, शुक्लाफाँटा नगरपालिकाका तीन, पुनर्वास नगरपालिकाका दुई, कृष्णपुर नगरपालिकाका एक र गड्डाचौकी हुँदै भारतबाट फर्केका १०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए। एक हप्ताको अवधिमै यहाँ कोरोना संक्रमित हुनेको संख्या ५५८ पुगेको छ।