शनिबार, जेठ २५, २०८२

लुम्बिनीमा कोरोनाको ग्राफ बढ्दै, २५ लाख ५९ हजार डोज खोप अपुग

लुम्बिनी प्रादेशिक अस्पतालमा एक सय जनाको कोरोना परीक्षण गर्दा ३० देखि ४० जनासम्ममा कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा. नेत्र बहादुर रानाले बताए। उनका अनुसार अहिले आईसीयूमा ८ जना बिरामीले उपचार गराइरहेका छन्। संक्रमितको संख्या वृद्धि हुँदै गए पनि तत्तकाल आत्तिनुपर्ने अवस्था भने नरहेको उनले बताए।
 |  बिहीबार, पुस २९, २०७८

विनोद परियार

विनोद परियार

बिहीबार, पुस २९, २०७८

बुटवल- कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको ग्राफ दैनिक उकालो लाग्‍न थालेको छ। लुम्बिनी प्रदेशमा पनि दैनिक रुपमा कोरोनाका नयाँ बिरामी थपिनेक्रम बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लुम्बिनीका अनुसार अहिलेसम्म कोरोना संक्रमणले जटिलता निम्त्याइ नसकेको जनाएको छ। तर, भारतमा कोरोनाका संक्रमति दैनिक बढ्न थालेपछि जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। 

लुम्बिनी प्रदेश सरकारले नेपाल भारत सीमामा एन्टिजेन परीक्षण र निगरानीलाई कडाई गरेको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले हालसम्म मध्यमस्तरका लक्षणसहितको संक्रमितहरु पुष्टि भएकाले उपचारका लागि सम्पूर्ण तयारी गरेको जनाए। प्रदेश सरकारले ४ वटा अस्पताललाई कोभिड बिशेष अस्पताल र जिल्लाका विभिन्न अस्पतालमा आइसियू, एचडियू बेडहरु तयारी अवस्थामा राखिएको बताए। 

उनले सरकारले खोपलाई नै पहिलो सुरक्षाका रुपमा लिएर खोप अभियान नै सञ्चालन गरेको बताए। ‘अहिले १२ वर्षदेखि १७ वर्षसम्मका बिरामीका लागि खोप अभियान सञ्चालन गरिएको छ, सिमामा चेकजाँच गरिएको छ’ उनले भने।  कोभिडको नयाँ भेरियन्टबाट बच्‍न र बचाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाई छ। 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार ३३३ जनाको पीसीआर परीक्षण हुँदा १४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस्तै १ हजार ७८५ जनाको एन्टिजेन परीक्षण गर्दा २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  जबकी एक साताअघिसम्म यो संख्या निकै न्यून थियो। लुम्बिनीमा बुधबारसम्मको तथ्यांक अनुसार पीसीआर र एन्टिजेनमा पुष्टि भएका सक्रिय कोरोना संक्रमित १ हजार ५० छन्। लुम्बिनीका भारतीय सीमा जोडिएका जिल्ला रुपन्देही, कपिलबस्तु, दाङ, बाँके र बर्दियामा कोरोनाको संक्रमणदर दैनिक रुपमा बढ्न थालेको छ। 

लुम्बिनी प्रादेशिक अस्पतालमा एक सय जनाको कोरोना परीक्षण गर्दा ३० देखि ४० जनासम्ममा कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा. नेत्र बहादुर रानाले बताए। उनका अनुसार अहिले आईसीयूमा ८ जना बिरामीले उपचार गराइरहेका छन्। संक्रमितको संख्या वृद्धि हुँदै गए पनि तत्तकाल आत्तिनुपर्ने अवस्था भने नरहेको उनले बताए।

लुम्बिनी प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउनेको अवस्था। स्रोत : सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश।

‘पहिला पनि ७-८ जना नै बिरामी थिए, अहिले पनि त्यहि छ तर, संक्रमितहरुको संख्या भने दैनिक बढ्दै गएको छ,’ उनले भने। उनका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड संक्रमितको उपचारका लागि बेड, अक्सिजन तयारी अवस्थामा राखिएको छ। लुम्बिनीमा जनरल ३८, एचडीयू ३०, आईसीयू २० र भेन्टिलेटर ६ वटा रहेका छन्। 

त्यसैगरी भिम अस्पताल भैरहवामा जनरल ३७, एचडीयू २९, आईसीयू ५ र ५ वटा भेन्टिलेटर छन्। भेरी अस्पतालमा जनरल १०, एचडीयू एक सय, आईसीयू ९०, भेन्टिलेटर १५ र राप्ती प्रादेशिक अस्पताल जनरल २५, एचडीयू ६०, आईसीयू १५ र भेन्टिलेटर ६ बेड रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। लुम्बिनीमा हाल एचडीयूमा १३, आईसीयूमा १३ र भेन्टिलेटरमा १ जना बिरामी उपचारत छन्। लुम्बिनीमा हालसम्म १ लाख २१ हजार ५ सय १७ जना कोरोना संक्रमित भएका छन्। यसमध्ये २ हजार ४०१ जनाको मृत्यु भएको छ। 

लुम्बिनीमा २५ लाख ५९ हजार डोज खोप अपुग 

कोरोनाको तेस्रो लहरको जोखिमलाई नियन्त्रण गर्ने खोप एक मात्र विकल्पका रुपमा अघि सारिरहेको बेला लुम्बिनी प्रदेशमा भने अझै आधा जनसंख्याले खोप लगाउन बाँकी देखिएका छन्। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाविरुद्ध पूर्ण खोप लगाउन अझै ४६ प्रतिशत बाँकी छन्। कोरोनाविरुद्धको खोपका लागि १८ वर्षभन्दा माथि र १२ देखि १७  वर्षसम्मको लक्षित उमेर समूहका पूर्ण खोप लगाउने १८ लाख ९८ हजार २ सय ४३ जना अर्थात ५६ प्रतिशतले खोप लगाएका छन्। 

लुम्बिनी प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउनेको अवस्था। स्रोत : सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश।

प्रदेशमा ३९ लाख ६७ हजार ६ सय ७४ जना कोरोना खोपका लागि लक्षित उमेर पहिचान गरिएको छ। यसमध्ये १८ लाख ९८ हजार २ सय ४३ जनाले दुवै डोज र ३१ लाख ७ हजार ८ सय १५ जनाले कम्तीमा एउटा खोप लगाएका छन्। अझै लुम्बिनीमा २० लाख ६९ हजारले कोरोना विरुद्ध खोप लगाउन बाँकी छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्राललयका अनुसार लुम्बिनीमा १२ वर्षभन्दा माथिका उमेर समूहले ७८ प्रतिशत खोप लगाएका छन्। यो उमेरका लागि ११ जिल्लामा मोडेर्ना भ्याक्सिनको पहिलो मात्रा ३ लाख ३४ हजार ९ सय ५५ जनालाई लगाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले ओमिक्रोन नयाँ भेरियन्टबाट बच्नका लागि सरकारले कोरोना विरुद्धको खोपलाई अभियानका रुपमा सञ्चालन गरेको बताए। 

प्रवक्ता पौडेलले स्वास्थ्य मापदण्डको पालना गर्दै कोरोना विरुद्धको खोप लगाउनका लागि सबैमा अपिल गरेका छन्। लुम्बिनीमा ८ लाख ३६ हजार १०४ डोजको पहिलो मात्रा र २० लाख ४५ हजार ६ सय ६७ दोस्रो डोज गरि अझै २५ लाख ५९ हजार ५ सय ६१ डोज खोपको आवश्यकता रहेको छ। अहिले लुम्बिनीका विभिन्‍न जिल्लामा गरि ३ लाख २२ हजार २ सय १९ डोज मात्रै स्टकमा रहेको छ। 

कोभिडबाट बच्‍नका लागि बुस्टर डोज आवश्यक परेको भनिरहेको बेला पूर्ण खोप नै नपाउनेको संख्या आधाभन्दा बढी छ। यस्तो अवस्थामा ओमिक्रोन भेरियन्टका कारण नागरिकहरु फेरी प्रभावित हुने अवस्था देखिएको छ। 

प्रकाशित: Jan 13, 2022| 19:34 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।