काठमाडौं– कोरोना भाइरस संक्रमण बढिहरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनशक्तिको व्यवस्थापन एवं म्याद थपका लागि अस्पतालहरुलाई निर्देशन दिएको छ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको हो।
करारमा भर्ना भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा ३ महिनासम्म थप्प सकिने सूचनामा उल्लेख छ।