सोमबार, साउन ६, २०८२

३५ सय ५३ संक्रमित थपिए, २७१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर थप ३५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ३५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २७१ जना निको भएका छन् भने एक जना संक्रमितको मृत्यु भएको छ।

आज थपिनेमा काठमाडौं उपत्यकामा १९१६ जना छन्। काठमाडौंमा १४ सय ४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट २ हजार ९२२  र एन्टिजेन परीक्षणबाट ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कुल १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो।

बिहीबार देशभर १४ हजार ३ सय  ४० जना कोरोनाका सक्रिय संक्रमित छन्। 

प्रकाशित: Jan 13, 2022| 16:20 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्