सोमबार, साउन ६, २०८२

खोप नलगाएका मानिसलाई ओमिक्रोन बढी खतरनाक

कोभिड–१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि खतरनाक भाइरस भएको विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बताएका छन्।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं– कोभिड–१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि खतरनाक भाइरस भएको विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बताएका छन्।

‘यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस  हो तर  विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ,’ टेड्रोसले भनेका छन्। उनले यसको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहन समेत आग्रह गरेका छन्।

डब्ल्यूएचओ प्रमुखले अफ्रिकाको कोभिड खोपको दरलाई उल्लेख गर्दै भने, ‘अफ्रिकामा ८५ प्रतिशत भन्दा बढी मानिसहरूले खोपको एक खुराक प्राप्त गर्न बाँकी छ। हामीले यो अन्तरलाई बन्द नगरेसम्म हामी महामारीको तीव्र चरण समाप्त गर्न सक्दैनौं।’

उनले गत वर्ष हामीले भोगेका केही आपूर्ति अवरोधहरू अहिले सहज हुन थालेको तर यस वर्षको मध्यसम्ममा प्रत्येक देशको ७० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यमा पुग्न अझै लामो यात्रा गर्न बाँकी रहेको समेत उल्लेख गरेका छन्। ‘९० देशले अझै ४० प्रतिशत लक्ष्यमा पुग्न सकेका छैनन् र तीमध्ये ३६ देशले आफ्नो जनसंख्याको १० प्रतिशतभन्दा कम खोप लगाएका छन्,’ उनले थपे।

प्रकाशित: Jan 13, 2022| 14:21 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्