सोमबार, साउन ६, २०८२

२४ घण्टामा ३०७५ कोरोना संक्रमित थपिए, परीक्षण गरिएको २७ प्रतिशतमा संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

१३ हजार ३६ नमुना परीक्षण गर्दा तीन हजार ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  आज कुल परीक्षणको २७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो। 

त्यस्तै आज २७८ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ। 

काठमाडौं उपत्यकामा १ हजार ५३८ संक्रमित भएको मन्त्रालयले जनाएको छ।  काठमाडौंमा १ हजार १२८,ललितपुरमा २३६ र भक्तपुरमा १३४ जना संक्रमित भएका छन्।


प्रकाशित: Jan 12, 2022| 16:31 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्