सोमबार, साउन ६, २०८२

अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही हुन्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले नियमविपरीत बढी शुल्क लिने मेडिकल कलेजलाई सरकारले कारबाही गर्ने बताएका छन्।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले नियमविपरीत बढी शुल्क लिने मेडिकल कलेजलाई सरकारले कारबाही गर्ने बताएका छन्। मंगलबार सात विद्यार्थी संगठनका प्रतिनिधिहरुको ज्ञापनपत्र बुझ्दै उनले मेडिकल कलेजको बदमासीप्रति सरकार गम्भीर रहेको बताए।

सिंहदरबार पुगेर विद्यार्थी संगठनका नेताहरूले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस, बीएनएस अध्ययनमा मेडिकल कलेजहरूले बढी शुल्क लिएको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए। सो क्रममा गृहमन्त्री खाणले सरकारले नियमविपरीत अतिरिक्त शुल्क लिने कलेजलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौंलगायत विद्यार्थी संगठनको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री खाणले शिक्षामन्त्रीलाई समेत सो विषयमा ध्यानाकर्षण गराउन सुझाव दिएका थिए। उनले सरोकारवाला निकायहरूसँग समन्वय गरेर अनुगमन र कारबाहीको प्रक्रिया अघि बढाउने बताए।

विद्यार्थी संगठनहरुले नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेजलगायतका सञ्चालकलाई तत्काल कारबाही गर्न गृहमन्त्रीसँग माग गरेका थिए। 

प्रकाशित: Jan 11, 2022| 19:20 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्