सोमबार, साउन ६, २०८२

करारका स्वास्थ्यकर्मीको समय थपिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने तयारी गरेको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने तयारी  गरेको छ।

कोरोना संक्रमण पुनः बढेपछि विभिन्न अस्पतालमा करारमा नियुक्त भएका चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीहरुको करार अवधि थप हुने भएको हो।

कोभिड नियन्त्रणका लागि करारमा नियुक्त भएका स्वास्थ्यकर्मीको करार अवधि यही पुस मसान्तमा सकिँदैछ। यो अवधि बढाएर चैत मसान्तसम्म लम्ब्याउन लागिएको हो। 

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै गएपछि मन्त्रालय मातहतका स्वास्थ्यसंस्थामा आवश्यकताअनुसार करारमा जनशक्ति थप गर्न पनि मन्त्रालयले अनुमति दिएको छ। 


प्रकाशित: Jan 10, 2022| 17:48 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्