बुधबार, साउन ८, २०८२

बढी शुल्क फिर्ता नगरे नोबेलविरुद्ध अनेरास्ववियुले आन्दोलन चर्काउने

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले नोबेल मेडिकल कलेजले बढी शुल्क लिएको विरोधमा धर्नामा बसेका विद्यार्थीमाथि भएको आक्रमणको विरोध गरेको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले नोबेल मेडिकल कलेजले बढी शुल्क लिएको विरोधमा धर्नामा बसेका विद्यार्थीमाथि भएको आक्रमणको विरोध गरेको छ।

विद्यार्थीले जायज माग राख्दै कलेज अगाडि धर्ना दिएका विद्यार्थीमाथि कलेज प्रशासनको मिलीभगतमा निर्घात कुटपिट भएको घटनाप्रति अनेरास्ववियुले ध्यानाकर्षण भएको जनाएको हो ।

अध्यक्ष सुनिता बरालले  विज्ञप्ति जारी गर्दै विद्यार्थीबाट तोकिएभन्दा बढी लिएको शुल्क फिर्ता नभए नोबेल मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीका पक्षमा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएकी छन्।

‘चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा, यस अघि जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सहमति विपरीत सीमित विद्यार्थीहरूलाई मात्रै सहभागी गराएर कक्षा सञ्चालन गरेको विरोधमा विराटनगरस्थित नोबेल मेडिकल कलेज अगाडि रिले अनसन बस्न गएका विद्यार्थीहरूमाथि नोबेल प्रशासनबाट सञ्चालित भाडाका गुन्डाहरूको आक्रमणबाट आधा दर्जन विद्यार्थीहरू घाइते भएकाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

यस घटनाप्रति खेद व्यक्त गर्दै अध्यक्ष बरालले विद्यार्थीहरूका जायज मागलाई बेवास्ता गरे देश व्यापी रूपमा आन्दोलन चर्काउने चेतावनी दिएकी हुन्।

यसअघि अनेरास्ववियुले देशभरका मेडिकल कलेज अगाडि लिएको बढी शुल्क फिर्ता गर्न माग गर्दै धर्ना दिइसकेको छ।

प्रकाशित: Jan 10, 2022| 13:35 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्