काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका विभाग, प्रतिष्ठान, केन्द्र, अस्पताल तथा परिषद्मा कार्यरत कर्मचारीको सम्पत्ति विवरण माग गरेको छ।
केन्द्रले निजामति बाहेकका अस्थायी/स्थायी /करार र ज्यालादारीमा कार्यरत कर्मचारीको आर्थिक वर्ष २०७७/७८ को सम्पत्ति विवरण बुझाउन अनुरोध गरेको छ।
केन्द्रको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले तीन दिनभित्र सम्पत्ति विवरण पेस गर्न विभाग, प्रतिष्ठान, केन्द्र, अस्पताल तथा परिषद्का कर्मचारीलाई अनुरोध गरेको छ।