बुधबार, साउन ८, २०८२

बढ्यो जोखिम : थप ११६७ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

अघिल्लो साताको आइतबार २१६ जनामा कोरोना संक्रमण भएकमामा आज ११६७ जनामा कोरोना भाइरस संक्रमण भएको हो।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं– नेपालमा कोरोना संक्रमण दर बढिरहेको छ। अघिल्लो साताको आइतबार २१६ जनामा कोरोना संक्रमण भएकमामा आज ११६७ जनामा कोरोना भाइरस संक्रमण भएको हो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ।

शनिबार ९४४ जनामा कोरोना संक्रमण भएको थियो। यस्तै शुक्रबार ९६८, बिहीबार ५४०, बुधबार ४३५, मंगलबार ३९३ र सोमबार ३२६ नयाँ संक्रमित थपिएका थिए।

पछिल्लो २४ घण्टामा १२ हजार ६३२ जनाको नमुना परीक्षण गरिएको थियो। यस अवधिमा २२४ जना संक्रमणमुक्त भएका छन्। आज सक्रिय संक्रमितको संख्या ६७५५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।

प्रकाशित: Jan 09, 2022| 16:48 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्