बुधबार, साउन ८, २०८२

क्यान्सर रक्षक मानिन्छन् यी तीन फल

आधुनिक युगमा क्यान्सरको उपचारमा निरन्तर अनुसन्धान भइरहेको छ। यद्यपि यो अझै पनि सबैभन्दा घातक रोगहरुको सूचीमा शीर्ष स्थानमा रहेको छ। खानामा समाहित धेरै चीजहरूमा एन्टी-क्यान्सर गुणहरू पाइन्छ। जसले क्यान्सरको जोखिम कम गर्न सक्छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं- पछिल्लो समय विश्वभर क्यान्सर रोगीहरुको संख्या बढेको छ। आधुनिक युगमा क्यान्सरको उपचारमा निरन्तर अनुसन्धान भइरहेको छ। यद्यपि यो अझै पनि सबैभन्दा घातक रोगहरुको सूचीमा शीर्ष स्थानमा रहेको छ। खानामा समाहित धेरै चीजहरूमा एन्टी-क्यान्सर गुणहरू पाइन्छ। जसले क्यान्सरको जोखिम कम गर्न सक्छ।

निश्चित रूपमा केही खानेकुराहरू सेवन गर्न सकिन्छ जसमा क्यान्सर प्रतिरोधात्मक क्षमता हुन्छ। तिनीहरुको सेवनले तपाईंलाई धेरै प्रकारको क्यान्सरको जोखिम कम गर्न मद्दत गर्दछ। 

ब्लुबेरी 

धेरै अध्ययनहरूले पत्ता लगाएका छन् कि ब्लुबेरी खाँदा रगतमा एन्टिअक्सिडेन्ट गतिविधि बढ्छ र साथै डीएनए क्षतिलाई रोक्न मद्दत गर्दछ। ब्लुबेरीको सेवनले धेरै प्रकारको क्यान्सरको जोखिम कम गर्न सकिन्छ।

अनार 

सामान्यतया अनारको सेवनले शरीरमा रगत बढाउने मानिन्छ तर यसमा क्यान्सर प्रतिरोधी गुण पनि हुन्छ। अनारमा एन्टिअक्सिडेन्ट हुन्छ जसले कोषहरूलाई प्रदूषण र सिगरेटको धुवाँ जस्ता वातावरणीय विषाक्त पदार्थहरूबाट जोगाउन मद्दत गर्छ।

अङ्गुर

एउटा अध्ययनमा वैज्ञानिकहरूले अंगूर र पोमेलो सिट्रस फलफूलको पल्पमा बायोएक्टिभ कम्पाउण्ड बर्गामोटिन पाइन्छ। क्यान्सरको जोखिम कम गर्न सहयोगी हुनसक्ने पत्ता लगाएका छन्। इन्टरनेशनल जर्नल अफ मोलेक्युलर साइन्सेजमा प्रकाशित एक समीक्षामा वैज्ञानिकहरूले उक्त जानकारी दिएका हुन्। अंगूरमा शक्तिशाली एन्टि-अक्सिडेटिभ, एन्टि-इन्फ्लेमेटरी र एन्टी-क्यान्सर गुणहरू छन् जसले स्तन क्यान्सर, मल्टिपल माइलोमा, प्रोस्टेट क्यान्सर, कलेजोको क्यान्सर, साथै छाला र फोक्सोको क्यान्सरको जोखिम कम गर्न मद्दत गर्न सक्छ।

प्रकाशित: Jan 09, 2022| 05:00 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्