बुधबार, साउन ८, २०८२

प्रचण्डका स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना संक्रमण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। मल्लले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।

शुक्रबार बेलुका एन्टिजेन र पीसीआर विधिबाट नमुना परीक्षण गर्दा आफूमा कोरोना पुष्टि भएको उनको भनाइ छ।

‘हिजो बेलुकी एन्टिजेन र पिसीआर विधिबाट परिक्षण गर्दा मेरो पनि कोरोना रिपोर्ट पोजिटिभ देखिएको छु। यो बीचमा सम्पर्कमा रहेका सबैले स्वास्थ्य सतर्कता अपनाइदिनुहुनेछ,’ उनले लेखेका छन्।

अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

हालै काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनमा यसका सय जनाभन्दा बढी नेतालाई कोरोना संक्रमण भएको आशंका छ। 

प्रकाशित: Jan 08, 2022| 12:45 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्