बुधबार, साउन ८, २०८२

टेकु अस्पतालमा भर्ना भएका कोरोना संक्रमित १० मध्ये ६ जना आईसीयूमा

यो साता कोरोना संक्रमणको दर पनि बढ्न थालेको छ। आइतबार २१६ जनामा संक्रमण भएकामा सोमबार ३२६, मंगलबार ३९५ र बुधबार ४३५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयको विवरणमा जनाइएको छ।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्न थालेपछिशुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आईसीयूमा भर्ना हुने संक्रमितको संख्या बढेको छ। अस्पतालकी निर्देशक डा. मनीषा रावलले पछिल्ला दिनमा आईसीयूमा भर्ना हुने संक्रमितको संख्या बढिरहेको बताएकी छन्। उनले भनिन्, ‘अस्पतालमा आएका १० संक्रमितमध्ये ६ जनालाई आईसीयूमा भर्ना गर्नुपरिरहेको छ।’ 

यो साता कोरोना संक्रमणको दर पनि बढ्न थालेको छ। आइतबार २१६ जनामा संक्रमण भएकामा सोमबार ३२६, मंगलबार ३९५ र बुधबार ४३५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयको विवरणमा जनाइएको छ।

डा. रावलले आईसीयूमा उपचाररत संक्रमितमध्ये खोप नलगाएकाहरू बढी रहेको बताइन्। चिकित्सकका अनुसार कोरोनाविरुद्धको खोप लगाएका भन्दा नलगाएकामा गम्भीर समस्या देखिने गरेको छ। उनले भनिन्, ֙खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण भए पनि गम्भीर असर गरेको कमै पाइएको छ। खोपै नलगाउनेहरू गम्भीर बन्ने गरेका छन्।’

कोरोना खोपबाट जोगिने उत्तम विकल्प खोप भएकाले सबैलाई खोप लगाउन उनको सुझाव छ। अहिले खोपको उपलब्धता सहज भएकाले नजिकैको केन्द्रमा गएर खोप लगाउन उनी सुझाव दिन्छिन्।

कोरोनाबाट जोगिन सामाजिक दूरी, मास्क, स्यानिटाइजरको प्रयोग पनि हुन छाडेको छ। सहरी क्षेत्रको भीडभाडमा मानिसहरु मास्क नै लगगाई हिँडेको देखिन्छ। 

भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि त्यसको असर पर्ने उनको चिन्ता छ। विज्ञहरुले पनि माघ पहिलो सातासम्म नेपालमा कोरोनाको ग्राफ बढ्ने आकलन गरिरहेका छन्। भारतसँगको खुला सिमानाका कारण नेपाल कोरोनाको तेस्रो लहरको उच्च जोखिममा रहेको उनीहरू बताउँछन्। भारतमा बिहीबार मात्र झन्डै ९१ हजार व्यक्तिमा कोरोना संक्रमण भएको छ।

कोरोनाबाट जोगिन सामाजिक दूरी, मास्क, स्यानिटाइजरको प्रयोग पनि हुन छाडेको छ। सहरी क्षेत्रको भीडभाडमा मानिसहरु मास्क नै लगगाई हिँडेको देखिन्छ। डा. रावलले भनिन्, ‘पछिल्ला दिनमा हामी स्वास्थ्य मापदण्डको पालनामा बेवास्ता गर्दै गएका छौं।’ कोरोना संक्रमण भएर गम्भीर भएपछि मात्र अस्पताल जाने प्रवृत्ति बढेको छ। संक्रमित व्यक्ति परिवार वा समूहमा बस्दा थप जोखिम बढ्ने चिकित्सकहरू बताउँछन्।

डा. रावलले भनिन्, ‘मौन बसेर पीडा नसहनुस्। अरुलाई सार्ने जोखिम नउठाउनुहोस्। तपाईंलाई कम असर गरे पनि अरुलाई सर्दा बढी असर गर्न सक्छ। व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतासँग भाइरसले असर गर्ने नगर्ने कुरा जोडिएका हुन्।’ 

जनस्वास्थ्यविद् शरद वन्त रुप परिवर्तन गरिरहने कोरोना भाइरसलाई कमजोर ठान्न आग्रह गर्छन्। नेपाल पनि ओमिक्रोनको उच्च जोखिममा रहेकाले कोरोनाका लक्षण देखिँदा पीसीआर परीक्षण गर्न उनको सुझाव छ। 

‘लगातार खोकी लागेमा, शरीरमा उच्च तापक्रम भएमा, स्वाद र गन्ध हराएमा तुरुन्त कोरोना परीक्षण गरिहाल्नुपर्छ। अहिले चिसोको समय छ। रुघा र कोरोनाका उस्ता उस्तै लक्षण हुने भएकाले बेवास्ता गर्नु हुँदैन’, उनले भने। कोरोना हुँदा धकान महसुस हुने, घाँटी दुख्ने लगायत समस्या हुने भएकाले आराम गर्नुपर्ने उनले बताए।

सूक्ष्म जीवाणु विज्ञ सन्तोष दुलाल पनि नेपाल तेस्रो लहरको उच्च जोखिममा रहेको बताउँछन्। स‌ंक्रमणदर निकै न्यून भएको अवस्थामा फेरि बढेर चार सय हाराहारीमा पुग्नुले पनि नेपालमा संक्रमण दर बढ्दो अवस्थामा रहेको पुष्टि हुने उनी बताउँछन्।

‘दैनिक दुई सय हाराहारिमा झरिसकेका थियौं। अब बढेर चार सयको संख्यामा संक्रमण हुन थालेको छ। यही दरमा संक्रमण बढ्ने हो भने फेरि नेपालमा चिन्ताजनक अवस्था आउन सक्छ’, उनले भने। 

उनी पनि खोप नलगाएका मानिसमा गम्भीर समस्या देखिने गरेको बताउँछन्। यसका साथै सरकारले दीर्घरोगी, वृद्धवृद्धामा चाँडोभन्दा चाँडो बुस्टर डोज दिनुपर्ने उनको सुझाव छ। ‘खोप लगाएका संक्रमित अस्पताल पुग्नुपर्ने केस एकदमै कम हुन्छन्।’ खोप लगाएका व्यक्तिमा कोरोना पुष्टि भएमा पर्याप्त आराम गर्न उनले सल्लाह दिए। उनले पर्याप्त पानी पिउन,  खोकी लागेमा कोल्टे फर्केर सुत्नुपर्ने बताए। उनले भने, ‘सास फेर्न गाह्रो भएको अवस्थामा सुत्नभन्दा ठाडो परेर बस्दा राम्रो हुन्छ।’

रगतमा अक्सिजनको मात्रा कम हुनु भनेको अवस्था बिग्रँदै गएको सङ्केत हो। त्यसैले अक्सिजनको मात्रा ९० भन्दा माथि हुनुपर्ने चिकित्सकको भनाइ छ। 

प्रकाशित: Jan 06, 2022| 16:43 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्