शनिबार, साउन ११, २०८२

२४१ जनामा कोरोना संक्रमण हुँदा २२८ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप २४१ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  बिहीबार, पुस १५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १५, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप २४१ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस्तै यस अवधिमा २२८ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज सक्रिय संक्रमितको संख्या चार हजार ८७१ छ। यस्तै पछल्लो २४ घण्टामा ५६ हजार ११२ जनालाई कोरोना खोप लगाइएको मन्त्रालयको विवरणमा उल्लेख छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमा परी कसैको पनि ज्यान गएको छैन।

हालसम्म मृत्यु हुनेको संख्या भने ११ हजार ५९० रहेको छ। नेपालमा हालसम्म नौ लाख २४ हजार ३९८ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये आठ लाख ११ हजार ७४६ जना संक्रमणमुक्त भएका छन्।


प्रकाशित: Dec 30, 2021| 17:00 बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्