अहिले देशैभरि चिसो बढिरहेको छ। बढ्दो चिसोेसँगै बिरामीहरु पनि बढेका छन्। पुराना दीर्घ रोग भएका देखि चिसोेबाट हुने पखाला, रुघाखोकी, निमोनियाका बिरामी बढेका छन्।
चिसोमा दम र बाथका रोगीहरुलाई बढी च्याप्ने गरेको देखिन्छ। नेपालमा बाथरोग धेरै नै देखिएको छ। धेरै मात्रामा छ तर त्यसको डाइग्नोसिस मात्रै नभएको हो। पहिला त बाथरोग भनेको के हो नै धेरैले बुझेको छैन। सचेतना जानकारी नभएर पनि होला। बाथरोगको लक्षणहरु देखेपछि विशेषज्ञकोमा जाने चलन छैन। बाथरोग खालि बुढाबुढीलाई मात्र हुन्छ भन्ने एउटा गलत बुझाइ छ।
डब्ल्यूएचओको तथ्यांकअनुसार विश्वमा १० प्रतिशत भन्दा बढीलाई बाथरोग छ। नेपालमा त्यस्तो कुनै अध्ययन त भएको छैन। कति जनालाई बाथ छ, के छ ? तर अहिले बिस्तारै बिस्तारै सचेतना बढ्न थाल्यो, डाइग्नोसिस हुन थाल्यो। त्यसपछि बाथको बिरामीहरु दिनदिनै बढेको देखिन्छ।
बाथरोग एकप्रकारको अटो इम्युन डिजिज पनि हो। अटो इम्युन भन्नाले के हो भने जुन हाम्रो रोगसँग लड्ने शक्ति हुन्छ, जसलाई इम्युन सिस्टम भनिन्छ। बाथरोगको बिरामीहरुमा यो इम्युन सिस्टम अटोम्याटिकली कम हुन्छ। अटोम्याटिकली आफ्नै अंगहरुलाई हानी, नोक्शानी पुर्याउने, जस्तै जोर्नीदेखि लिएर भित्रि अंग मुटु, मिर्गौला, कलेजो, फोक्सो, आँखा, छाला, विभिन्न अंगमा असर गर्ने देखिन्छ। यो एउटा अटो इम्युन रोग हो। कुनै बाथरोग वंशानुगत पनि आएको देखिन्छ। स्पनडाइलो अथराइटिस भन्ने बाथरोग भयो, वंशानुगत आउने बाथ पनि हो। कुनै बाथ जसले मांशपेशीलाई मात्र असर गर्दछ।
बाथरोग भनेपछि धेरैजसो, सामान्यतया देखिने लक्षणहरु जोर्नीहरु दुख्ने, सानो तथा ठूलो जोर्नीहरु दुख्ने, जोर्नीहरु सुन्निने, जोर्नीहरु कक्रक्क पर्ने, बिहान सुतेर उठ्दा, रेस्ट गरेर उठ्दा जोर्नीहरु मुठि पार्न गाह्रो हुने, टाइट हुने, यो सामान्यतया बाथको शुरुवाती लक्षण हो। बाथअनुसार लक्षण पनि फरक फरक नै हुन्छ । जस्तै गठियाबाथमा जोर्नी दुख्ने हुन्छ भने, बाथ सयौँ प्रकारको हुन्छ, जति खालको बाथ हुन्छ लक्षण पनि त्यस्तै फरक हुन्छ ।
बाथरोग एकप्रकारको अटो इम्युन डिजिज पनि हो। अटो इम्युन भन्नाले के हो भने जुन हाम्रो रोगसँग लड्ने शक्ति हुन्छ, जसलाई इम्युन सिस्टम भनिन्छ। बाथरोगको बिरामीहरुमा यो इम्युन सिस्टम अटोम्याटिकली कम हुन्छ।
सामान्य लक्षणहरु त जोर्नी दुख्ने, सुन्निनेहरु नै हो। कपाल झर्ने, पातलो हुने, घाममा जाँदा अनुहार रातो हुने पनि हुन्छ। गाला रातो हुने, मुखमा बारम्बार घाउहरु निस्किने, चिसोमा औँलाहरु नीलो, सेतो हुने, छालामा डाबरहरु आउनेदेखि लिएर लामो समयदेखि ज्वरो आउने, विभिन्न लक्षण बाथमा देखा पर्छन्।
चिसोमा बाथरोगका बिरामीहरुलाई बढी समस्या हुन्छ। कारण के हुनसक्छ भने जुन पेनको रिसेप्टरहरु हुन्छन्, पेनको पोइन्टहरु जुन मान्छेहरुमा हुन्छ, चिसोले त्यसलाई बढी सेन्सेटाइज गरेर बाथले जाडोमा बढी दुःख दिने हुन्छ। त्यो भन्दैमा बाथ जाडोमा मात्रै देखा पर्ने हुँदैन। बाथ गर्मीमा पनि उत्तिकै मात्रामा देखिन्छ। तर जाडोमा धेरै बिरामीहरुलाई बाथले दुःख दिएको यही कारणले गर्दा नै हो।
बाथको बिरामीहरुले जाडोमा गर्नुपर्ने तातो, न्यानो, लुगा लगाउने, तातो भएर बस्ने, चिसो पानी नचलाउने, चिसोबाट टाढा बस्ने, फ्रिजको कुराहरु कोक, फेन्टाहरु नखाने, तातो गरेर वार्म गर्ने, आफ्नो जोर्नीहरुलाई न्यानो बनाएर राख्ने, बाथलाई जाडोमा अलिकति नियन्त्रण गर्न जरुरी छ।