शनिबार, साउन ११, २०८२

कोभिड संक्रमित २६४ जना थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २६० जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ९३७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५८८ पुगेको छ। त्यस्तै हालसम्म  भने ८ लाख ११ हजार २६५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित: Dec 28, 2021| 17:08 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्