काठमाडौं– शिक्षक सेवा आयोगले प्राथमिक तहमा रिक्त शिक्षकका लागि भोलि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ। आयोगले १३ हजार ९३ शिक्षकका लागि विज्ञापन गर्न लागेको हो।
केन्द्रले आयोगलाई पठाएको विवरणअनुसार नै प्रावि तहमा विज्ञापन आह्वान गर्न लागिएको र विज्ञापन भएको मितिले २१ दिनभित्र केही हेरफेर हुन सक्ने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए।
आयोगले गएको बुधवार निम्न माध्यमिक तहमा १० विषयका लागि २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन आह्वान गरेको थियो।