शनिबार, साउन ११, २०८२

दार्चुलाका १४ हजार बढी बालबालिकालाई लगाइयो कोरोना विरुद्धको खोप

जिल्लामा पुस ५ गतेदेखि कोरोना विरुद्ध मोडर्ना खोप लगाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

धनगढी- दार्चुलामा १४ हजार भन्दा बढी बालबालिकाले कोरोना विरुद्धको खोप लगाएका छन्। जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका १४ हजार पाँच सय ३७ जना बालबालिकाले कोरोना विरुद्ध मोडर्ना खोप लगाएका हुन्। 

जिल्लामा पुस ५ गतेदेखि कोरोना विरुद्ध मोडर्ना खोप लगाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ। 

जिल्लाको महाकाली नगरपालिकामा तीन हजार दुई सय ७०, शैल्यशिखर नगरपालिकामा तीन हजार दुई सय १०, नौगाड गाउँपालिकामा दुई हजार पाँच सय २० र दुहुँ गाउँपालिकामा एक हजार २० जना, व्यास गाउँपालिकामा नौं सय २८, मार्मा गाउँपालिकामा आठ सय ६०, अपिहिमाल गाउँपालिकामा आठ सय ५, मालिकार्जुन गाउँपालिकामा एक हजार तीन सय ३७ र लेकम गाउँपालिकामा पाँच सय ८७ जना बालबालिकालाई मोडर्ना खोप लगाइएको स्वास्थ्य कार्याल्य दार्चुलाले जनाएको छ। 

जिल्लाका २१ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेपनि खोप अभावका कारण सो संख्यामा मात्र बालबालिकालाई खोप लगाउन सकिएको बताइएको छ।

प्रकाशित: Dec 28, 2021| 10:00 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्