काठमाडौं- त्रिभुवन विश्वविद्यालय कानुन संकायको डिन कार्यालयअन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा नयाँ शैक्षिकसत्र २०७८/७९ को लागि बीएएलएलबी तहमा भर्नाको लागि प्रवेश परीक्षाको आवेदन फारम खुला गरिएको छ।
विश्वविद्यालयले कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थीलाई ५ वर्षे बीएएलएलबी अध्ययनका लागि २०७८ माघ २९ गते बिहान ११ देखि २ बजेसम्म सञ्चालन हुने प्रवेश परीक्षाका लागि आवेदन फारम भर्न विद्यार्थीलाई सूचित गरेको हो।
विद्यार्थीले आवेदन फारम २०७८ पुस १२ देखि माघ ११ गते दिउँसो २ बजेसम्म पाउने विश्वविद्यालयले जनाएको छ। आवेदन फारम नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग र पृथ्वीनारायण क्याम्पस पोखरामा उपलव्ध हुने कार्यालयले जनाएको छ।
कक्षा १२ मा डिप्लस ल्याई उत्तिर्ण गरेका विद्यार्थीले १२ सय शुल्कसहित आवेदन फारम बुझाएर प्रवेश परीक्षामा सहभागि हुन पाउँछन्।