शनिबार, साउन ११, २०८२

२१९ जनामा कोरोना संक्रमण पुष्टि, दुई संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार ६७७ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 

त्यस्तै सोही अवधिमा २८३ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २७ हजार हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार १३१ जना पुगेको छ। हालसम्म मृतकको कुल संख्या ११ हजार ५८५ पुगेको छ।

प्रकाशित: Dec 26, 2021| 16:43 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्