सोमबार, जेठ ६, २०८२

माओवादी महाधिवेशनको तयारी अन्तिम चरणमा [फोटोफिचर]

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशन उद्घाटन आज दिउँसो ३ बजे प्रज्ञा भवन कमलादीमा हुँदैछ।
 |  आइतबार, पुस ११, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, पुस ११, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशन उद्घाटन आज दिउँसो ३ बजे प्रज्ञा भवन कमलादीमा हुँदैछ। 

उद्घाटनका लागि तयारी अन्तिम चरणमा पुगेको माओवादी केन्द्रले जनाएको हो। उद्घाटनअघि माओवादीको आइतबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारीको संख्या १५ बनाउने निर्णय गरेको छ।

माओवादीले एक अध्यक्ष र एक वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीको संख्या १५ बनाउने निर्णय गरेको हो। आठौं राष्ट्रिय महाधिवेशन सुरु हुनुअघि एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव र ३ सचिव बनाउने निर्णय गरेको हो।

बैठकले आइतबार र सोमबारका लागि तय भएको महाधिवेशनको समय मंगलबारसम्म लम्ब्याउने निर्णय पनि गरेको छ। 

महाधिवेशनमा १ हजार ६३१ जना सहभागी हुने भएका छन्। नियमित प्रक्रियाबाट छानिएका १ हजार ४८३ र मनोनीत १४८ गरी यो संख्यामा सहभागिता रहने माओवादीले जनाएको छ।  






 





प्रकाशित: Dec 26, 2021| 13:14 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...