शनिबार, साउन ११, २०८२

बाल विकास शिक्षकको बढेको तलब उपलब्ध गराउन संसदीय समितिको निर्देशन

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले बाल विकास शिक्षकको बढेको तलब तत्काल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं– संसद्को शिक्षा तथा स्वास्थ्य समितिले बाल विकास शिक्षकको बढेको तलब तत्काल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो। सरकारले बालविकास शिक्षकको तलब बढाएर मासिक १५ हजार पुर्याए पनि सबै स्थानीय तहले बढेअनुसारका रकम नदिँदा शिक्षक समस्यामा परेका छन्। 

सतिति बैठकमा सभापति जयपुरी घर्तीेले भनिन्, ‘बाल शिक्षकलाई तलब वृद्धि भए पनि कार्यान्वयन नभएको पाइएको छ। अन्य शिक्षकको तलब बढ्ने तर, बाल शिक्षकले चहिँ ६ हजारमा काम गर्ने अवस्था हुनु हुँदैन।’ समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। यस्तै शिक्षा विधेयक तथा ऐन छिटो ल्याउन पनि सरकारलाई निर्देशन दिइएको छ। 


शिक्षक दरबन्दी मिलानको विषय पनि टुंगोमा पुर्याउन समितिले निर्देशन दिएका छ।  बैठकले यसअघि नै समितिले एसईई नगर्नु भनेर सरकारलाई दिएको निर्देशन कार्यान्वयन गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ।

प्रकाशित: Dec 23, 2021| 17:15 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्