शनिबार, साउन ११, २०८२

नेपालमा कोरोनाविरुद्धको खोप कति आयो, कतिले लगाए?

हालसम्म आएका खोप मध्येमा ९३ लाख १७ हजार २ सय ९९ डोज खोप भण्डारणमा छन्। केन्द्रीय र प्रदेश सहितका भण्डारणमा गरी ९३ लाख बढी डोज भण्डारणमा रहेको छ।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं- नेपालमा अहिले कोरोना विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा  ५७ जिल्लामा चलिरहेको छ। हालसम्म कोभिसिल्ड,एष्ट्राजेनेका, भेरोसेल, जोनसन एण्ड जोनसन, फाइजर, मोडर्ना गरी ६ प्रकारका खोप लगाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ खोप प्राप्त भएको छ। 

हालसम्म आएका खोप मध्येमा ९३ लाख १७ हजार २ सय ९९ डोज खोप भण्डारणमा छन्। केन्द्रीय र प्रदेश सहितका भण्डारणमा गरी ९३ लाख बढी डोज भण्डारणमा रहेको छ।

नेपालमा आएको खोपमध्ये हालसम्म २ करोड १९ लाख ८८ हजार ५ सय १६ मात्रा खोप लगाई सकिएको छ।  

जसमध्ये कम्तिमा एक मात्रा खोप प्राप्त गर्नेको संख्या १ करोड २४ लाख ४५ हजार ९ सय ३० जना रहेका छन्। भने  पूर्ण खोप प्राप्त गर्नेको संख्या ९७ लाख ८२ हजार २ सय ४७ जना पुगेको छ। सरकारले दैनिक दुइ लाखका दरले खोप लगाउने उदेश्यले चैत मसान्तसम्ममा सबै लक्षित बर्गलाई खोप लगाउने जनाएको छ।

प्रकाशित: Dec 23, 2021| 10:20 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्