आइतबार, साउन १२, २०८२

सिन्धुपाल्चोकमा १२ देखि १७ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको खोप

सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा बुधबारबाट कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरिएको छ। १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीहरुलाई कोभिड-१९ विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको हो।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा बुधबारबाट कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरिएको छ। १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीहरुलाई कोभिड-१९ विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको हो। 

सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा पढ्ने २८ हजार ८ सय २५ बालबालिकालाई शुक्रबार भित्रमा मोडर्ना खोप लगाइसकिने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंले जानकारी दिए। विद्यालय पहुँचभन्दा बाहिर रहेका लक्षित समूहका बालबालिकाले समेत नजिकको खोप केन्द्रमा वा खोप सञ्चालन भइरहेको विद्यालयमा पुगेर खोप लगाउन सक्ने चापागाईंले बताए। 

यो अभियाानमा २०६१ मंसिरदेखि २०६६ मंसिरसम्म जन्मिएका बालबालिकाले  खोप लगाउन पाउनेछन्। माध्यामिक रुपमा सञ्चालित निजी विद्यालयबाट पनि खोप सेवा सुरु गरिएको छ। यो खोप पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउनुपर्दछ।  नेपालमा यो खोप नयाँ प्रयोग हो। मोडर्ना खोपको प्रभावकारिता ९४ प्रतिशत रहेको दाबी गरिएको छ। 

प्रकाशित: Dec 22, 2021| 21:15 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्