बुधबार, जेठ ८, २०८२

प्रदेश २ कांग्रेस निर्वाचन : ५ जना निर्विरोध निर्वाचित

प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार पाँच जना समस्य पदमा निर्विरोध निर्वाचित भएका हुन्।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

जनकपुरधाम- प्रदेश २ कांग्रेसको नयाँ नेतृत्वका कांग्रेस प्रदेश २ अधिवेशनमा पाँच जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार पाँच जना समस्य पदमा निर्विरोध निर्वाचित भएका हुन्।

निर्विरोध निर्वाचित हुनेमा प्रत्येक जिल्लाबाट प्रदेश सदस्य खुल्लामा सप्तरी जिल्लाबाट आशाराम चौधरी निर्विरोध निर्वाचित भएका हुन्। उनी बिरुद्ध सप्तरीबाट कसैको उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएका छन्। 

त्यस्तै प्रत्येक जिल्लाबाट महिला सदस्यमा सप्तरीकी विमला देवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरण कुमारी शर्मा बिरुद्ध सो जिल्लाबाट उम्मेदवारी नपरेकाले उनीहरु निर्वाचित भएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए। 

त्यस्तै प्रदेश सदस्य आदिवासी जनजातिबाट मनमाया तामाङनी निर्विरोध निर्वाचित भएकी छिन्। उनी बिरुद्ध उम्मेदवारी दिएकी रत्ना लामाले उम्मेदवारी फिर्ता लिएपछि तमांगनी निर्वाचित भएकी छिन्।

प्रकाशित: Dec 22, 2021| 13:05 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।