आइतबार, साउन १२, २०८२

उमेर हद नलगाई स्थायी प्रक्रियामा लैजान राहत शिक्षकको माग

‘शिक्षक सेवा आयोगले उमेरहदका विषयमा अर्को सूचना प्रकाशित गरेर भए पनि देशभर कार्यरत राहत कोटामा अध्यापनरत शिक्षकलाई उमेरहद नलाग्नेगरी परीक्षामा सामावेश हुन दिनुपर्छ।’
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं– शिक्षक सेवा आयोगले शिक्षकको विज्ञापन खुलाउँदा राहत शिक्षकको मागलाई सम्बोधन नगरेको भन्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले विरोध जनाएको छ। राहत शिक्षकहरुले आयोगले विज्ञापन गर्दा राहत शिक्षकका लागि उमेरको हद नलगाउने माग सम्बोधन नहुँदै विज्ञापन गरिएकाले अस्तुष्टि जनाएका हुन्।  

नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकलाई उमेरहदको विषय टुंगो लगाउन र राहत शिक्षकका माग तत्काल सम्वोधन गर्न माग गरेका छन्। उनले भने, ‘शिक्षक सेवा आयोगले उमेरहदका विषयमा अर्को सूचना प्रकाशित गरेर भए पनि देशभर कार्यरत राहत कोटामा अध्यापनरत शिक्षकलाई उमेरहद नलाग्नेगरी परीक्षामा सामावेश हुन दिनुपर्छ।’

नेपाल शिक्षक महासंघले पनि यस विषयमा मन्त्रालयसँग छलफल गरिरहेको थियो। मन्त्रालयले माग सम्बोधन हुने आश्वासन दिए पनि त्यसलाई लागू नगरेपछि राहत शिक्षक असन्तुष्ट भएका छन्।


प्रकाशित: Dec 19, 2021| 12:30 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्