काठमाडौं- कोरोना भाइसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। त्यसैगरी यही अवधिमा देशभर १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४८३ पीसीआर परीक्षणमा १५८ र दुई हजार ५१४ एन्टिजेन परीक्षणमा ३१ जना गरी १८९ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २५० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५४२८ रहेको छ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका ११० जना रहेका छन्। काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ जना संक्रमित भेटिएका छन्।