काठमाडौं- सरकारले ६७ देशबाट नेपाल भित्रिनेहरूलाई आफ्नै खर्चमा सात दिन होटल क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय गरेको छ।
अध्ययागमन विभागले शुक्रबार एक सूचना जारी गर्दै अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रेलिया, क्यानडा इटालीसहित ६७ मुलुकबाट नेपाल आउँनेलाई आफ्नै खर्चमा सात दिन होटल क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था लागू गरेको हो।
एसियाली राष्ट्र कोरिया, थाइल्याण्ड, मलेसिया, माल्दिभ्सलगायतका देशबाट आउनेको हकमा पनि सात दिन अनिवार्य रुपमा होटल क्वारेन्टाइनको नियम लागू भएको छ।