काठमाडौं- जोनसन एन्ड जोनसन खोपको ७ लाख १९ हजार ६५० डोज खोप बिहीबार नेपाल आइपुगेको छ। एक डोज मात्र लगाए पुग्ने उक्त खोप २१ लाख ७६ हजार डोज ल्याउन लागिएको हो।
जसमध्ये बिहिबार पहिलो खेपमा ७ लाख १९ हजार ल्याइएको छ। यसअघि अमेरिकाले कोभ्याक्स मार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो।
स्वास्थ्य सेवा विभागका अनुसार बाँकी खोप भोलि र पर्सि ल्याइनेछ। खोप युनिसेफ मार्फत आउन लागेको हो।