आइतबार, साउन १२, २०८२

दुई करोड १० लाख डोज कोभिड खोप लगाइयो

नेपालमा हालसम्म कोभिड–१९ विरुद्धको २ करोड ९ लाख ९५ हजार ५३६ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं– नेपालमा हालसम्म कोभिड–१९ विरुद्धको २ करोड ९ लाख ९५ हजार ५३६ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कुल जनसंख्याको ३८.३ प्रतिशतले एक मात्रा र ३०.८ प्रतिशतलाई दुई मात्रा खोप लगाइएको छ भने लक्षित समूहको ५८.४ प्रतिशतले एक मात्रा र ४७ प्रतिशतले दुई मात्रा खोप लगाएका छन्।

हालसम्म नेपालमा ३ करोड १४ लाख १९ हजार ३३० मात्रा खोप भित्रिएको छ। मन्त्रालयका अनुसार बुधबारसम्म शून्य सङ्क्रमित भएका ५ जिल्ला रहेका छन्। मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र बाजुरामा हाल कोरोनाका संक्रमित छैनन्। त्यस्तै दुई सयभन्दा माथि सक्रिय संक्रमित भएका जिल्ला पनि ५ वटा नै छन्। सुनसरी, भक्तपुर, कास्की, बाँके, कैलालीमा २ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

काठमाडौँ र ललितपुरमा भने ५ सयभन्दा बढी सक्रिय सक्रमित रहेको मन्त्रालयको तथ्याँक छ। नेपालमा संक्रमणमुक्त हुनेको दर ९७.९ प्रतिशत छ। हाल नेपालमा ११ हजार ५५९ जना कोरोना संक्रमित छन् भने ५ हजार ६८९ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित: Dec 15, 2021| 16:26 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्