आइतबार, साउन १२, २०८२

इसीडी शिक्षकलाई मासिक १५ हजार तलब दिन शिक्षामन्त्रीको निर्देशन

‘इसीडी शिक्षकका लागि तोकिएको पारिश्रमिक उनीहरूले नपाएको गुनासो छ। सरकारले गरेको निर्णय कडाइका साथ लागू गर्न स्थानीय तहलाई निर्देशन दिएका छौं,’ पदाधिकारीहरूसँग उनले भनेका थिए।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकासमा कार्यरत शिक्षक (इसीडी शिक्षक)लाई मासिक १५ हजार रुपैयाँ पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएको बताएका छन्। सोमबार शिक्षक महासंघका पदाधिकारीहरुसँगको वार्तामा मन्त्री पौडेलले सरकारले तोकेको पारिश्रमिक कडाइका साथ कार्यान्वयन गर्न/गराउन सबै स्थानीय तहलाई निर्देशन दिएको बताएका हुन्।

‘इसीडी शिक्षकका लागि तोकिएको पारिश्रमिक उनीहरूले नपाएको गुनासो छ। सरकारले गरेको निर्णय कडाइका साथ लागू गर्न स्थानीय तहलाई निर्देशन दिएका छौं,’ पदाधिकारीहरूसँग उनले भनेका थिए। 

देशका कुन कुन स्थानीय तहले पालना गरेको छैन, त्यसको तथ्यांक संकलन गरी अनुगमन तथा समन्वयका लागि शिक्षा, समन्वय इकाइका प्रमुखलाई निर्देशन दिएको उनले बताए। ‘देशका धेरै स्थानीयले सरकारको निणर्यअनुसार तलब दिएका छन्। नदिनेलाई अन्य मन्त्रालयसँग समन्वय गरी परिपत्र गछौं,’उनले भने। 

यसअघि सरकारले प्रस्तुत गरेको बजेटमा विद्यालय कर्मचारी र बाल विकास शिक्षकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने उल्लेख गरेको थियो। देशका विभिन्न स्थानीय तहमा आफूले बुझेको भन्दै धेरै जसो स्थानीय तहले सरकारको निर्णय पालना गरेको बताए।


प्रकाशित: Dec 14, 2021| 07:05 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्