लन्डन- कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका कारण बेलायतमा एक जनाको मृत्यु भएको छ।
दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टका कारण बेलायतमा पहिलोपटक एक जनाको मृत्यु भएको हो।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा पहिलोपटक ओमिक्रोनका कारण एक जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
जोन्सनले ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या बढ्दै गएकाले कोरोनाविरुद्धको खोप लगाउन सबैलाई आग्रह गरेका छन्।