काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज सोमबार सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ। बिहान साढे ११ बजेदेखि महाधिवेशन प्रतिनिधिहरुले प्रदर्शनीमार्गमा रहेका तीन वटा मतदान केन्द्रबाट मत हालिरहेका छन्।
मतदानमा सहभागी सबैलाई स्यानिटाइज गर्ने व्यवस्था गरिएको छ। यसका लागि मतदान केन्द्र छिर्ने ठाउँमा मेसिन राखिएको छ। साथै मतदातालाई मास्क पनि अनिवार्य गरिएको छ। तर, उम्मेदवार भने बिना मास्क भोट मागिरहेका छन्।