काठमाडौं- कोभिड-१९ विरुद्धको मोडर्ना खोपको थप १९ लाख ६५ हजार ६०० डोज नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत नेपाललाई प्राप्त मोडर्ना खोपको तेस्रो खेप आइतबार बिहान सवा ९ बजे नेपाल आइपुगेको हो।
स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका अनुसार यो खोप १२ देखि १७ वर्षसम्मका बालबालिकालाई ४ पुसदेखि लगाइने छ।
यसअघि अघिल्लो साता १ लाख ८८ हजार डोज र गत शुक्रबार १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप नेपाल आइसकेको छ।