आइतबार, साउन १२, २०८२

खोप लगाइसकेका व्यक्तिमा पनि सर्छ ओमीक्रोन : डब्लूएचओ

‘दक्षिण अफ्रिकामा देखिएको पछिल्लो तथ्यांकले यो देखाउँछ की एक पटक संक्रमण भएका व्यक्ति वा खोप लगाइसकेकाहरुमा पनि ओमीक्रोन तीव्र ढंगले फैलिन सक्छ,’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रो आडहानोम घेब्रियसले भने।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमीक्रोन खोप लगाइसकेका र एक पटक संक्रमित भइसकेका व्यक्तिलाई सजिलै सर्ने, तर यसको लक्षण सामान्य देखिने जनाएको छ। ‘दक्षिण अफ्रिकामा देखिएको पछिल्लो तथ्यांकले यो देखाउँछ की एक पटक संक्रमण भएका व्यक्ति वा खोप लगाइसकेकाहरुमा पनि ओमीक्रोन तीव्र ढंगले फैलिन सक्छ,’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रो आडहानोम घेब्रियसले भने। 

तर, तीव्र फैलिन्छ भनेर निस्कर्षमा पुग्नुअघि अझै बढी तथ्यांक अध्ययन गर्न आवश्यक भएको उनले बताए। ओमीक्रोनकाे लक्षणबारे प्रष्ट तथ्यांक उपलब्ध गराउनसमेत प्रभावित देशहरुलाई उनले अनुरोध गरे।

दक्षिण अफ्रिकामा फैलिएको ओमीक्रोन भेरियन्ट अहिले नेपाललगायत ४५ देशमा फैलिइसकेको छ। प्रभावित देशहरूले सीमामा कडाई गर्नुका साथै विभिन्न प्रतिबन्धातात्मक व्यवस्था लागू गरेका छन्।  

भाइरसलाई लिएर लापरबाही नगर्न पनि टेड्रोसले सर्वसाधारणलाई अनुरोध गरेका छन्। ‘यो सामान्य भाइरस हो भनेर रमाउने हो भने यसले ठूलो मानवीय क्षति गर्नेछ,’ उनले भने। पछिल्लो भेरियन्ट मानिसहरुमा सजिलै फैलिने भएकोले संक्रमणको ‘चेन’ तोड्नुपर्ने उनले बताए। 

नयाँ भेरियन्ट यसअघिका डेल्टा भाइरसभन्दा न्यून जोखिमपूर्ण रहे पनि यसको संक्रमण क्षमता भने तीव्र भएको वैज्ञानिकहरुले बताउँदै आएका छन्।

प्रकाशित: Dec 09, 2021| 09:18 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्