आइतबार, साउन १२, २०८२

'ओमीक्रोन' नियन्त्रणको तयारी गर्दै प्रदेश सरकार

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन नियन्त्रणका लागि प्रदेश सरकारले तयारी सुरु गरेको जनाएको छ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

मोरङ- कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि प्रदेश सरकारले तयारी सुरु गरेको जनाएको छ।

नेपालमा नयाँ भेरियन्टका दुई संक्रमित फेला परेपछि प्रदेश सरकारले पनि आफ्नो तयारी अघि बढाएको हो। 'ओमीक्रोन' को संक्रमण नियन्त्रणका लागि राम्रो तयारी भईरहेको सामाजिक विकास मन्त्री जयराम यादवले बताए। विगतमा भएका तयारी भन्दा राम्रो भइरहेको उनको दाबी छ। 

१४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको यादवले बताए। प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पनि वेडहरु थप गरिएको उनको भनाई छ। अक्सिजन, भेन्टिलेटर वेडहरु पनि थप गरिएको भन्दै उनले भने,‘ प्रदेश सरकार कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि सजग छ।’ 

सीमा नाकामा कडा निगरानी

भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का संक्रमित मोरङमा भित्रिन नदिन सीमा नाकामा कडा निगरानी सुरु गरिएको छ। 

विराटनगर लगायत मोरङका विभिन्न स्थानबाट सञ्चालित हुने विभिन्न सार्वजनिक यातायातका सवारी साधनहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गर्न लगाउने, सार्वजनिक यातायात, शैक्षिक संस्था, सरकारी कार्यालयहरु, उद्योग कलकारखाना आदिमा  स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गराउने र सबैलाई मास्क लगाउन अनिवार्य गरी त्यसका लागि स्थानीय तहले प्रचार प्रसार गर्ने, नेपाल भारतको मूल नाका  विराटनगर स्थित रानी नाकाबाट नेपाल भित्रिने सबै व्यक्तिहरुको एन्टीजेन्ट परीक्षण सुरु गर्ने र संक्रमित देखिएका व्यक्तिहरुलाई आवश्यकता र अवस्था अनुसार आइसोलेसन र कोरोना अस्पतालमा पठाउने  निर्णय पनि गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए। 

मोरङका सवै स्थानीय तहहरुलाई कोरोना भाइरसको नयाँ भेरियन्टको सम्भावित संक्रमण प्रति सतर्क रहदै पूर्व तयारीका लागि जुट्न निर्देशन गर्ने, जिल्लाका विभिन्न स्थानमा स्थानीय तहहरु मार्फत सर्वसाधारणका लागि सतर्क रहन र मास्क अनिवार्यरुपमा लगाउन सूचना गर्न निर्देशन गर्ने , जिल्लाका अन्य सबै सीमा नाकाहरुमा थप सुरक्षा व्यवस्था कडा गर्न सीमा क्षेत्रका सुरक्षा निकायहरुलाई निर्देशन गर्ने लगायतका निर्णय भएको सहायक प्रजिअ पोखरेलले बताए। 

जिल्ला स्वास्थ्य कार्यालय मोरङको तथ्यांङ्क अनुसार मोरङमा कुल कोरोना परीक्षण गरिएका मध्ये १० प्रतिशतमा मात्र कोरोना भाइरसको संक्रमण देखिएकाले अहिलेनै जोखिमको अवस्था नरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। 

कोरोना भाइसको सम्भावित जोखिमलाई मध्यनजर गदै नेपाली सेनाको पहलमा विराटनगर जुटमिल क्षेत्रमा एक हजार क्षमताको होल्डिङ सेन्टरको निर्माण भइरहेको बताईएको छ।

प्रकाशित: Dec 09, 2021| 06:35 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्