शनिबार, जेठ ४, २०८२

यसरी सजिँदैछ कांग्रेसको महाधिवेशन 'इपिसेन्टर' [भिडियो रिपोर्ट]

करिब ५० लाखको लागतमा स्टेज बनाउने काम धमाधम चलिरहेको छ। हालसम्म करिब ६० प्रतिशत सम्पन्न भएको स्टेज काम भोलि (बिहीबार) साँझसम्ममा स्टेज सजावटका सबै काम सकिने कांग्रेसले जनाएको छ।
 |  बुधबार, मंसिर २२, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन दुई दिन मात्रै बाँकी रहँदा महाधिवेशन उद्धाटनस्थल भृकुटीमण्डप सजाउने क्रम धमाधम चलिरहेको छ। स्टेजदेखि गेटसम्म बनाउने, बत्तीदेखि माइकसम्म झुन्ड्याउने काम भइरहेको छ। 

करिब ५० लाखको लागतमा स्टेज बनाउने काम धमाधम चलिरहेको छ। हालसम्म करिब ६० प्रतिशत सम्पन्न भएको स्टेज काम भोलि (बिहीबार) साँझसम्ममा स्टेज सजावटका सबै काम सकिने कांग्रेसले जनाएको छ। 

‘यो स्टेजमा केन्द्रीय सदस्य, पाहुँनाका रुपमा आउने स्वदेशी तथा विदेशी दलका नेताहरु गरी करिब १ सय ५० जना बस्न मिल्ने गरी निर्माण गरिएको छ। यसको काम भोलि साँझसम्म सकिन्छ,’ कांग्रेसको निर्वाचन समितिका संयोजक डा प्रदीप पौडेलले भने, ‘गेट, लाइट र माइकको काम पनि भोलि साँझसम्म सकिन्छ।’ 

प्रकाशित: Dec 08, 2021| 19:13 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...