काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि कांग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो।
महाधिवेशनस्थल भृकुटीमण्डपमा मञ्च निर्माण लगायत तयारी भइरहेको छ भने कार्यकर्ताहरु उम्मेदवार नेताहरुको प्रचारमा जुटेका छन्।