आइतबार, साउन १२, २०८२

कृषि विश्वविद्यालयका उपकुलपतिमा डा. वैद्यनाथ महतो

प्रदेश २ मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ मा प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न अध्यादेश जारी गरेका थिए। सोही
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. वैद्यनाथ महतो नियुक्त भएका छन्। मंगलबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले डा. महतोलाई कृषि विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन्।

प्रदेश २ मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ मा प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न अध्यादेश जारी गरेका थिए। सोही अध्यादेशमा टेकेर प्राविधिक कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त गरिएको हो।

सिरहाको मिर्चैया नगरपालिका-२ स्थाई घर भएका डा. महतोलाई सामाजिक विकासमन्त्री नवलकिशोर साहको सिफारिसमा विश्वविद्यालयका कुलपति एवं मुख्यमन्त्री राउतले नियुक्त गरेका हुन्। 

उपकुलपति नियुक्त भएका डा. महतो प्रदेश २ को नीति तथा योजना आयोगका पूर्व सदस्यसमेत हुन्।

प्रकाशित: Dec 07, 2021| 18:10 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्