बुधबार, जेठ ८, २०८२

कांग्रेसको केन्द्रीय सदस्यमा पुष्पकुमार शाहीको उम्मेदवारी

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले सुदूरपश्‍चिम प्रदेश कोटाबाट कांग्रेस केन्द्रीय केन्द्रीय सदस्यमा उम्मेदावरी घोषणा गरेका छन्। रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेता शाहीले केन्द्री सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले कांग्रेस केन्द्रीय केन्द्रीय सदस्यमा उम्मेदावरी घोषणा गरेका छन्। रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेता शाहीले केन्द्री सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

नेविसंघका पूर्व उपाअध्यक्षसमेत रहेका शाहीले १४औं महाधिवेशनमा आफ्नो उम्मेदवारी केन्द्री सदस्यमा रहने बताएका हुन्। सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेकोमा पार्टी शीर्ष नेताको आग्रहमा आफूले फिर्ता लिएको र अब आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा हुने उनले बताएका हुन्।

'सुदूरपश्चिम प्रदेश सभापतिको बलियो दावेदार हुँदाहुँदै पनि मैले पार्टी नेतृत्वको आग्रहलाई माने। अब मेरो उम्मेदवारी केन्द्रीय सदस्यमा रहने छ। नेविसंघमा लामो विद्यार्थी राजनीति गरेकाले अब पार्टीको मूल राजनीतिमा आउन अपरिहार्य ठानेको छु,' उनले भने।

शाहीले सुदृढ र सशक्त कांग्रेस बनाउने उदेश्यका साथ आफ्नो उम्मेदवारी रहेको बताएका छन्। उनले युवा पुस्ताले समयमै राजनीतिको मूल धारमा प्रवेश गरेर उचित स्थान पाए राम्रो काम गर्ने अवसर समयमै प्राप्त हुने बताएका छन्।

'अब पार्टीमा युवा जोसको पनि खाँचो छ। मैले अग्रत नेताहरूको सम्मान गर्दै उनीहरूका अनुभवको प्रयोग गर्दै युवा जोसका साथ काम गर्ने छु। मलाई सबै महाधिवेशन प्रतिनिधिले विश्वास गर्नेमा म विश्वस्त छु', उनले भने। उनले सधै आफू जनताको सेवामा नै समर्पित हुने बताएका छन्।

कांग्रेसमा गुटगत राजनीतिको अन्त्य हुनुपर्ने बताउँदै सधै आफू त्यसको पक्षमा रहने उनले बताए।


प्रकाशित: Dec 07, 2021| 16:23 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।