आइतबार, साउन १२, २०८२

त्रिवि स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला

त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको छ।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको छ। त्रिविले मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान संकाय अन्तर्गत स्नातक तह प्रथम वर्षमा भर्नाका लागि आवेदन खुला गरेको हो।

शैक्षिक सत्र २०७८/०७९ का लागि स्नातक तह प्रथम वर्षमा भर्नाका लागि  खुला  गरिएको विषयमा इच्छुक विद्यार्थीहरूले मंसिर २० गतेदेखि पुस मसान्तभित्र नियमित शुल्कमा र माघ ७ गतेसम्म अविलम्ब शुल्कमा आवेदन दिन सक्ने विश्वविद्यालयले जनाएको छ।



प्रकाशित: Dec 06, 2021| 08:07 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्