मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सौराहा आसपासका खुद्रा व्यवसायीको गुनासो– महाधिवेशनमा सोचेजस्तो व्यापार भएन

सौराहा आसपासका खुद्रा व्यवसायीको गुनासो– महाधिवेशनमा सोचेजस्तो व्यापार भएन

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन स्थल चितवनको सौराहा आसपासका खुद्रा तथा साना व्यवसायीहरुले महाधिवेशनताका आशाअनुरुपको व्यापार नभएको गुनासो गरेका छन्।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं– नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन स्थल चितवनको सौराहा आसपासका खुद्रा तथा साना व्यवसायीहरुले महाधिवेशनताका आशाअनुरुपको व्यापार नभएको गुनासो गरेका छन्।

महाधिवेशनका लागि पुगेका प्रतिनिधिहरु सौराहा र नारायणी किनारमै केन्द्रित भएकोले आशा गरेअनुसारको व्यापार हुन नसकेको व्यवसायीहरुले बताएका छन्। महाधिवेशनमा चितवन पुगेका नेता, कार्यकर्ता र प्रतिनिधिहरु अधिकांशले सौराहामा नै होटल बुकिङ गरेको र दिउँसोको समयमा अन्यत्र घुम्न जान नपाएकोले पनि अपेक्षाअनुसारको व्यापार हुन नसकेको व्यापारीहरुको बुझाइ छ।

कोरोना संक्रमणको जोखिमले बन्द भएको होटल पर्यटनलाई महाधिवेशनले जीवन दिएको भन्दै चौतर्फी चर्चा भए पनि सौराहा आसपासलाई भने सकारात्मक प्रभाव पार्न सकेन। देशभरबाट प्रतिनिधिहरु आउने भएपछि व्यापार फस्टाउँछ भन्ने सोचे पनि त्यो अनुसार व्यपार नभएको साना व्यवसायीहरुको गुनासो छ। आयोजक पक्षले सौराहा र नारायणी किनारलाई मात्रै केन्द्रित नगरी विभिन्न चोकतिर पाहुनाहरुका लागि आकर्षक कुरा राखिदिएको भए साना व्यवसायीहरुको व्यापार फस्टाउने उनीहरुको भनाइ छ।

साना व्यवसायीहरु समेट्न मानिस र सवारीसाधनको भीडलाई व्यवस्थित गरी अन्यत्र ठाउँमा सवारीसाधनको पार्किङको व्यवस्था गर्दै पैदल जाने व्यवस्था गर्न सकेको भए आफूहरुले पनि व्यवसाय उकास्ने मौका पाउने आशा गरेको उनीहरुले बताए।  कार्यक्रम ठूला होटल र रेष्टुरेण्टमा मात्रै केन्द्रित हुँदा देशभरका मानिसहरुले स्थानीय खानाको स्वाद लिन नपाएको पनि व्यवसायीहरुले बताएका छन्।  

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन गत मंसिर १० देखि १४ गतेसम्म सञ्चालन भएको थियो । 

प्रकाशित: Dec 05, 2021| 14:07 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।