बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस सुदूरपश्चिम अधिवेशन : ५६ पदका लागि १७६ जनाको उम्मेदवारी

कांग्रेस सुदूरपश्चिम अधिवेशन : ५६ पदका लागि १७६ जनाको उम्मेदवारी

नेपाली कांग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशन कैलाली सदरमुकाम धनगढीमा जारी छ। अधिवेशनमा ५६ पदका लागि एक ७६ जनाको उम्मेदवारी परेको छ।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

धनगढी- नेपाली कांग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशन कैलाली सदरमुकाम धनगढीमा जारी छ। अधिवेशनमा ५६ पदका लागि एक ७६ जनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार पदाधिकारीमा १८, भूगोलमा २६ र समावेशीमा १११ जनाको उम्मेदवारी परेको सुनारले बताए। 

प्रदेश निर्वाचन समितिका अनुसार अधिवेशनले सभापतिसहित आठ जना पदाधिकारी चयन गर्नेछ। निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावलीका अनुसार आठ पदाधिकारीमा १८ जनाको उम्मेदवारी परेको छ।

४८ प्रदेश सदस्यका लागि एक सय ६० जनाले उम्मेदवारी दर्ता गराएका छन्। ५९ सदस्यीय कार्यसमिति चयन हुने भए पनि तीन जना भने निर्विरोध चयन भएका छन्। निर्वाचन समितिका अनुसार अब ५६ पदका लागि मतदान हुने छ। 

कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी विष्ट निर्विरोध चयन भएका छन्। मनोनयन दर्तामा भूगोल सदस्यमा बढी उम्मेदवारी नपरेकाले उनीहरू निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले बताए।

संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा 

आज प्रदेश कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ। प्रदेश कार्य समितिका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा छन्। 

सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन्। इतर पक्षबाट सभापतिका लागि कैलालीका पूर्व सभापति नारायणदत्त मिश्रको उम्मेदवारी दिएका छन्। 

संस्थापन पक्षबाट उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्काले उम्मेदवारी दर्ता गराएका छन्।

सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणि भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन्। 

इतर पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही तथा सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवार दिएका छन्।

नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले एक हजार १७ जना प्रतिनिधिले मतदानमा सहभागिता जनाउने बताए । उनले मतदान बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म हुने बताए।

प्रकाशित: Dec 04, 2021| 08:49 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।