बिहीबार, जेठ ९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
 |  शुक्रबार, मंसिर १७, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

शुक्रबार, मंसिर १७, २०७८

जनकपुरधाम- नेपाली कांग्रेस प्रदेश २ को नेतृत्वका लागि दुई आकांक्षी देखिएका छन्। प्रदेश सभापतिका लागि रौतहट जिल्ला सभापति कृष्ण यादव र रामसरोज यादव मैदानमा उत्रिएका छन्। रौतहट सभापति यादव केन्द्रीय सभापति शेरबहादुर देउवा निकट मानिन्छन् भने  कांग्रेस प्रदेश २ को संसदीय दलका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका यादव  उपसभापति विमलेन्द्र निधि निकटका हुन्। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट भने कसैले पनि उम्मेदवारी दिएको छैन।

रौतहट सभापति कृष्णा यादवले पत्रकार सम्मेलन आयोजना गर्दै सभापति देउवा गुटबाट उम्मेदवारी घोषणा गरेसँगै प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको उम्मेदवारबीच टक्कर हुने निश्चित भएको हो। यसअघि आकांक्षा देखाएका महोत्तरी जिल्लाका सभापति महेन्द्र राय र सप्तरी जिल्ला सभापति दिनेश यादवले देउवा गुटका उम्मेदवारलाई समर्थन जनाउने भएका छन्। 

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्। 

अहिले नै विभाजित भएको नभनौँ। हामी अन्तिम समयसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गर्छौं। तर सभापति पदमा कुनै बार्गेनिङ हुँदैन।’  

सभापतिको उम्मेदवारी घोषणा गरेका कृष्णले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश २ को निर्वाचन संयोजक रमेश रिजालसमेत उपस्थित थिए। उनले आफू सभापति देउवाको तर्फबाट साझा उम्मेदवार घोषणा गर्नका लागि उपस्थित भएको बताए। रिजालले सभापति बाहेकको पदमा मात्रै अन्य कुनै गुटसंग सहमति हुन सक्ने बताए। यसका लागि वरिष्ठ नेता पौडेल लगायतको पक्षसँग समेत वार्ता भइरहेको र सकारात्मक सन्देश आउने दाबी गरे। 

कृष्णाको उम्मेदवारीले देउवा गुट दुई भागमा विभाजित भएको हो भन्ने प्रश्नमा रिजालले भने, ‘अहिले नै विभाजित भएको नभनौँ। हामी अन्तिम समयसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गर्छौँ, तर सभापति पदमा कुनै बार्गेनिङ हुँदैन।’  

यता उपसभापति निधि पक्षका उम्मेदवार रामसरोज यादवसमेत उम्मेदवारीबाट पछाडि हट्ने कुनै सम्भावना नरहेको बताउँछन्। उनले आफूहरु सभापतिबाहेकको पदमा मात्रै बार्गेनिङ गर्न तयार रहेको बताए। 

रामचन्द्र पौडेल गुट नजिकका नेता रामकृष्ण यादवले सर्वसम्मति गर्ने प्रयास भइरहेको कुरामा सहमति जनाउँदै आफूहरु समेत सभापतिको उम्मेदवार तयार पार्ने प्रयासमा रहको बताए। यद्यपि पौडेल गुटबाट सभापतिको उम्मेदवार हुने विषयमा उनी केही बोल्न चाहेनन्।

*यसअघि केही तथ्य भुलवश गल्ती प्रकाशित भएकामा सच्चाइएकाे छ। सं.

प्रकाशित: Dec 03, 2021| 17:06 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।