बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मुसा मार्ने औषधि खुवाएर बालकको हत्या गरेको आरोपमा सौतेनी आमा पक्राउ

मुसा मार्ने औषधि खुवाएर बालकको हत्या गरेको आरोपमा सौतेनी आमा पक्राउ

धनगढीमा १० वर्षीय बालकको हत्या आरोपमा सौतेनी आमा पक्राउ परेकी छन्
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

धनगढी– धनगढीमा १० वर्षीय बालकको हत्या आरोपमा सौतेनी आमा पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार पत्रकार सम्मेलन गरेर धनगढी उपमहानगरपालिका–२, मालिका टोलका १० वर्षीय निशान्त थापामगरको हत्या आरोपमा ३५ वर्षीया सौतेनी आमा मागी रोकायालाई पक्राउ गरी सार्वजनिक गरेको हो। 

रोकायालाई भारतको हरियाणा रोहतक प्रेम चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। अनुसन्धानका क्रममा रोकाया भारतको हरियाणामा रहेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको कमान्डमा मंसिर १४ गते हरियाणा गएको टोलीले उनलाई पक्राउ गरी १६ गते नेपाल ल्याउन सफल भएको हो। भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरिएको उपरीक्षक अधिकारीले बताए। 

निशान्त हिमाल एकेडमीमा कक्षा ३ मा अध्ययनरत थिए। उनी मंसिर २ गते कोठामा मृत फेला परेका थिए भने उनका सौतेनी आमा सोही दिनदेखि फरार रहेको अधिकारीले बताए। उनले भने, ‘सौतनी आमाले दूधमा मुसा मार्ने बिषादी घोलेर खुवाएर निशान्तको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ।’ 

प्रहरी उपरीक्षक अधिकारीका बहादुर रोकाया रोजगारीको सिलसिलामा भारतमा रहँदा तीन वर्षअघिदेखि निशान्त थापामगरकी आमा निर्मला थापामगरसँग विवाह भएको थियो। मागी रोकायाका तर्फबाट १४ वर्षकी छोरी र आठ वर्षका छोरा छन्। अधिकारीले भने, ‘बहादुर रोकायाले निर्मलालाई विवाह गरेपछि छोरा निशान्त थापामगरलाई पढाउन धनगढीस्थित हिमालय एकेडेमीमा बोडर्स राखेको र केही समयपछि मागी रोकाया र छोराछोरीसँगै निशान्तलाई राखेका रहेछन्।

मागी रोकाया र बहादुर रोकायाबीच विवाद र झैझगडा भइरहने छिमेकीलाई उधृत गर्दै प्रहरीले जनाएको छ। सोही रिसमा मागी रोकायाले कात्तिक २९ गते निशान्त विद्यालयबाट फर्किएपछि दूधमा मुसा मार्ने औषधी मिसाई खुवाएको प्रहरी अनुसन्धाबाट खुलेको छ। दूध खुवाएर निशान्तलाई कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौ भनेर मागी आफ्ना छोराछोरी लिएर भारततर्फ भागेको अधिकारीले बताए। उनलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ। 

घटना यसरी बाहिरियो 

मागी रोकायाका पति बहादुर रोकायाले मंसिर २ गते भारतबाट आफन्तलाई फोन गरेर श्रीमती (मागी रोकाया) सम्पर्कविहीन भएको बताए। डेरामा बुझ्न पठाउँदा मूल ढोका बन्द थियो। पछाडिको ढोका भने खुला थियो र कोठामा पंखा चलिरहेको थियो। अगाडिको झ्यालबाट बालकको खुट्टा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले बालक मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

प्रकाशित: Dec 03, 2021| 16:40 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।