आइतबार, जेठ २६, २०८२

लुम्बिनी : संसद् विघटनको विरोध गर्नेहरु ओलीको सूचीबाट 'आउट'

लुम्बिनी प्रदेशबाट ३६ जना केपी ओलीको सूचीमा पर्दा भने संसद् विघटनको विरोधमा लागेका र पूर्व माधव नेपाल पक्षमा लागेकाहरुलाई भने पाखा लगाइएको छ। उपाध्यक्षमा मनोनयन दर्ता गरेका घनश्याम भूसाल पक्ष र पूर्व माधव नेपाल पक्षलाई पाखा लगाएर केन्द्रीय कमिटी बनाइएको एमालेका एक नेताले बताए।
 |  सोमबार, मंसिर १३, २०७८

विनोद परियार

विनोद परियार

सोमबार, मंसिर १३, २०७८

बुटवल- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको सर्वसम्मतिको सूचीमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित उनका परिवारका तीन सदस्य केन्द्रीय कमिटीमा अटाए। ओलीले पोखरेललाई महासचिव र पोखरेलकी श्रीमती सुजिता शाक्य र बहिनी मेनका पोखरेल केन्द्रीय कमिटिमा पारे। तर, पोखरेल अनेरास्ववियूमा अध्यक्ष हुँदा कोषाध्यक्ष रहेका कपिलवस्तुका विष्णु पन्थी भने ओलीको रोजाइमा परेनन्। 

ओली तयार पारेको केन्द्रीय कमिटीको सूचीबाट 'आउट' भए पन्थी। तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक असंवैधानिकरुपमा संसद् विघटनको विरोधमा उत्रिएका पन्थी एमालेको तत्कालीन अर्को समूह माधव नेपाल समूहमा लागेका थिए। 

तर, पार्टी विभाजनका समयमा भने उनी १० बुँदे कार्यान्वयन हुने भन्दै एमालेमै बसेका थिए। उनले १० औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका थिए। तर, ३०१ सदस्यीय केन्द्रीय कमिटिमा उनको नाम अटेन। त्यसो त पन्थीको असन्तुष्टि साम्य पार्न पन्थीलाई लेखा आयोगको उपाध्यक्ष भएको भन्दै सामाजिक सञ्जालमा बधाई आएको छ। तर, पन्थीको मोबाइल अफ भएकाले पुष्टि हुन सकेको छैन। 

त्यस्तै नेकपा एमाले रुपन्देहीका पूर्व अध्यक्ष तथा लुम्बिनीका प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठको पनि ओलीको सूचीमा परेनन्। महासचिवमा सर्वसम्मत भएका पोखरेल लुम्बिनीको मुख्यमन्त्री हुँदा श्रेष्ठ नेपाल पक्ष भएको भन्दै मन्त्री हुनबाट रोकिएका थिए। पछि नेकपामा विवाद चुलिँदै गएर सरकार नै संकटमा परेपछि भने उनलाई ९९ सय दिनका लागि मन्त्री बनाएका थिए। 

 लुम्बिनी प्रदेशबाट ३६ जना केपी ओलीको सूचीमा पर्दा भने संसद् विघटनको विरोधमा लागेका र पूर्व माधव नेपाल पक्षमा लागेकाहरुलाई भने पाखा लगाइएको छ। उपाध्यक्षमा मनोनयन दर्ता गरेका घनश्याम भूसाल पक्ष र पूर्व माधव नेपाल पक्षलाई पाखा लगाएर केन्द्रीय कमिटी बनाइएको एमालेका एक नेताले बताए।

विवादका बेला पार्टीको केन्द्रीय सदस्य बनाउने उपाध्यक्षका उम्मेद्वार विष्णु पौडेल र पोखरेलले वचन दिएका थिए। तर, उम्मेद्वारी घोषणा गरेका श्रेष्ठको नाम पनि ३०१ मा अटेन। नेकपा एमाले रुपन्देहीका अध्यक्ष शिव सुवेदीको नाम पर्दा पूर्व नगर प्रमुख श्रेष्ठ ओलीको सूचीमा परेनन्। ‘योग्यता नपुगेकाले नाम नपरेको होला’ श्रेष्ठले नेपाल समयसँग भने, ‘विगतदेखि वर्तमानसम्मको धारलाई हेरेको पनि हुनसक्छ।’ उनले अध्यक्षलाई सम्पूर्ण अधिकार दिएर नामावली सार्वजनिक भएपछि उम्मेदवारी दिनुको अर्थ नभएको बताए। श्रेष्ठले खुलेर असन्तुष्टि नजनाए पनि उनको नेतृत्वले सक्षम र योग्य नेताहरु छुटेको बताए । 

ओली पक्षमा पहिलेदेखि खुलेका नेताहरु नै प्राथमिकतामा परेका छन्। लुम्बिनी प्रदेशबाट ३६ जना केपी ओलीको सूचीमा पर्दा भने संसद् विघटनको विरोधमा लागेका र पूर्व माधव नेपाल पक्षमा लागेकाहरुलाई भने पाखा लगाइएको छ। उपाध्यक्षमा मनोनयन दर्ता गरेका घनश्याम भूसाल पक्ष र पूर्व माधव नेपाल पक्षलाई पाखा लगाएर केन्द्रीय कमिटी बनाइएको एमालेका एक नेताले बताए। ‘छानी-छानी पूर्व लिगेसीलाई आधार मानेर नाम काटियो,’ ती नेताले भने। 

पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई भने ओलीले समेटेका छन्। लुम्बिनीबाट प्रतिनिधित्व गर्ने नेतामा टोपबहादुर रायमाझी सचिवमा परे। त्यस्तै माओवादीले त्यागेर एमालेमै बसेका दधिराम शर्मा न्यौपाने, दिनेश पन्थी र चन्द्रबहादुर खड्का केन्द्रीय सदस्यमा परेका छन्। 

प्रतिनिधिसभा विघटनपछि तत्कालीन प्रचण्ड– नेपाल पक्षमा खुलेका तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको समेत नाम परेन। उनले २०७४ को स्थानीय तहको निर्वाचनमा घनश्याम भूसाल पक्ष भएकै कारण नगरप्रमुखमा टिकट पाएका थिए। तर, संसद विघटनपछि चर्किएको विवादमा पछि विष्णु पौडेलसँग निकट भएर ओली पक्षमा लागेका थिए। विष्णु पौडेलसँग निकट भएकाले केन्द्रीय सदस्य पाउने पक्का-पक्की भएको बताइएको थियो। तर, उनको नाम पनि अटेन। 

‘सुरुमै चुनाव भएको भए मैलै उम्मेदवारी दिन्थेँ, अहिले अध्यक्षले नाम नै घोषणा गरिसकेपछि सूचीमा नभएकाले मनोनयन दर्ता गरिनँ,’ उनले भने। गुल्मीका पुराना नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य कमल श्रेष्ठ पनि केन्द्रीय कमिटिमा अटाएनन्। बरु २०७४ सालमा एमाले प्रवेश गरेकी दाङकी कोमल वली केन्द्रीय कमिटिमा समेटिएकी छन्। कमल श्रेष्ठ पनि कुनै बेला माधव नेपाल पक्षमा थिए। लुम्बिनीबाट ५० भन्दा बढी आकांक्षी थिए। तर, यसमध्ये करिब दुई दर्जन समेटिएका छैनन्। 

लुम्बिनीबाट को-को परे?

नेकपा एमालेको १० औं महाधिवेशनमा पदाधिकारीसहित ३६ जना केन्द्रीय कमिटिमा परेका छन्। बन्दसत्रले अध्यक्ष ओलीलाई केन्द्रीय कमिटीको नामावली बनाउने जिम्मेवारी दिएपछि घोषणा गरिएको नाममा घनश्याम भूसालबाहेक ३७ जनाको नाम परेको थियो। 

लुम्बिनीबाट उपाध्यक्षमा घनश्याम भूसालको उम्मेद्वारी परेकाले निर्वाचनपछि कति समेटिए भन्‍ने यकिन हुनेछ। 

लुम्बिनीबाट पदाधिकारीहरु :

युवराज ज्ञवाली – उपाध्यक्ष 

विष्णु पौडेल – उपाध्यक्ष 

घनश्याम भुसाल–उपाध्यक्ष (उम्मेद्वारी दर्ता) 

शंकर पोखरेल – महासचिव 

प्रदीप ज्ञवाली – उपमहासचिव 

गोकर्ण विष्ट– सचिव 

छविलाल विश्वकर्मा –सचिव 

टोप बहादुर रायमाझी – सचिव 

केन्द्रीय सदस्यहरु  

मणि थापा (प्यूठान) 

खिमलाल भट्टराई (रुपन्देही) 

गिरीधारी लाल न्यौपाने (कपिलबस्तु) 

चन्द्र बहादुर खड्का (अर्घाखाँची) 

ठाकुर गैरै (पाल्पा) 

दधिराम न्यौपाने (रुपन्देही)  

सूर्य थापा (प्यूठान) 

बलराम अधिकारी (कपिलबस्तु) 

घनश्याम पाण्डे (दाङ) 

चेतनारायण आचार्य (अर्घाखाँची) 

शिवरा सुवेदी (रुपन्देही) 

खुल्ला महिला 

विमला घिमिरे (कपिलबस्तु) 

शान्ता चौधरी (दाङ) 

भगवती चौधरी (नवलपरासी पश्चिम)) 

कोमल वली (दाङ) 

गोमा आचार्य (रुपन्देही) 

जनजाती खुल्ला 

दलबहादुर राना (पाल्पा) 

थारु खुल्ला 

बैजनाथ चौधरी (नवलपरासी पश्चिम) 

नरुलाल चौधरी (दाङ)

गंगा चौधरी (दाङ)  

दलित खुल्ला 

जंग नेपाली (गुल्मी) 

श्रमिक तर्फ 

कमल गौतम (रुपन्देही) 

लुम्बिनी प्रदेश तर्फ 

लिला गिरी 

खेममान खड्का 

दिनेश पन्थी 

भूमेश्वर ढकाल 

हरि रिजाल 

महिलातर्फ 

सावित्रा अर्याल 

मेनका पोखरेल 

सरिता ढकाल 



प्रकाशित: Nov 29, 2021| 17:23 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।